Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मुख्यमन्त्री शाहले आज राजीनामा दिँदै

मुख्यमन्त्री शाहले आज राजीनामा दिँदै

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । प्रदेशसभाको बैठक आज साँझ ५ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री शाहले सम्बोधन गरेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्।

    प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समय सीमा पनि आज पूरा हुँदैछ।

    images

    यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक पनि बुधवार बसेको थियो। मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबिच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार