काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.) अन्तर्गतको पुल्चोक क्याम्पसमा स्नातक (बी.ई./बी.आर्क.) तहमा भर्ना प्रक्रिया सुरु भएको छ।क्याम्पसले एक सूचना जारी गर्दै भर्ना आवेदन खुला भएको जानकारी दिएको हो।
संस्थान प्रवेश परीक्षा बोर्डले २०८३ साउन महिनामा सञ्चालन गरेको स्नातक (बी.ई./बी.आर्क.) तहको प्रवेश परीक्षामा उत्तीर्ण भएका आवेदकहरूले पुल्चोक क्याम्पसमा भर्नाका लागि आवेदन दिन सक्नेछन्। क्याम्पसमा भर्ना हुन इच्छुक विद्यार्थीहरूका लागि साउन २९ गते बिहान १०:०० बजेदेखि भदौ २ गते अपराह्न ३:०० बजेसम्म अनलाइन आवेदन फाराम खुला गरिने छ।
भर्ना सम्बन्धी विस्तृत जानकारीका लागि क्याम्पसको आधिकारिक वेबसाइट (www.pcampus.edu.np) हेर्न वा क्याम्पसमा प्रत्यक्ष सम्पर्क राख्न भर्ना समितिले अनुरोध गरेको छ।




