Nov 03 2026 | २०८३ कार्तिक १८ गते

जेएन थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

जेएन थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

बुधवार, श्रावण २७ २०८३
  • । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाउने प्रक्रिया अगाडि बढाइएको छ।स्रोतका अनुसार एमाले प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ‘पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको छ, सोही अनुसार आज प्रस्ताव दर्ता गरिएको हो,’ एक नेता भन्छन्।

    एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पनि अविश्वासको प्रस्ताव प्रक्रियामा गएको पुष्टि गरे । ‘प्रक्रिया अगाडि बढेको बुझेको छु, थप विवरण मसँग आएको छैन,’ ढुंगेलले अनलाइनखबरसँग भने।

    images

    थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउन केही समय अगाडि नै हस्ताक्षर संकलन भएको थियो। तर गुन्डुमा यसबारे छलफल हुँदा थपलिया बेहोस् भएपछि अविश्वासको प्रस्ताव प्रक्रियामा लगिएको थिएन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार