Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईमा किन बढ्यो नेपाली युवाहरुको आर्कषण  ?

यूएईमा किन बढ्यो नेपाली युवाहरुको आर्कषण  ?

आइतवार, श्रावण ६ २०८१
  • संयुक्त अरब इमिरेट्स (यूएई) नेपालीहरुको पहिलो श्रम गन्तव्य मुलुक बनेको छ । गत आर्थिक वर्षका लागि वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाली युवाको पहिलो श्रम गन्तव्य देश यूएई बनेको हो ।

    गत आर्थिक वर्षमा एक लाख ९३ हजार ४३८ जना नेपाली कामको खोजीमा यूएई पुगेका छन् । अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा यस आवमा यूएई जानेको सङ्ख्या ६६.५२ प्रतिशत अर्थात ७७ हजार २७९ जनाले धेरै हो । आव ०७९/८० मा एक लाख १६ हजार १५९ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका थिए ।

    images

    केही वर्ष बसेपछि यूएईलाई गन्तव्य बनाएर युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगाएतका देशमा जाने क्रम बढेका कारण पछिल्लो समय यूएई नेपालीको पहिलो रोजाइमा पर्ने गरेको देखिन्छ । अर्कोतर्फ, कोभिड महामारी कम भएपछि श्रमिकहरुको मागसमेत क्रमशः बढ्न थालेसँगै खाडी देशमा नेपालीको सङ्ख्या बढिरहेको जनाइएको छ । एसियाली र अफ्रिकी नागरिकहरूकालागि यूएई बस्न र काम गर्न सुरक्षित गन्तव्य पनि मानिन्छ ।

    तथ्याङ्क अनुसार अहिले खाडी मुलुकहरूमध्ये यूएई वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक रहेको छ । यहाँको आर्थिक गतिविधि निकै तीब्र रूपमा विकास भइरहेको छ । यूएईमा सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको ठुलो माग हुने गरेको पाइन्छ । 

    सरकारले दक्ष जनशक्तिलाई प्राथमिकता दिए पनि अधिकांश नेपाली सिपविहीन अवस्थामा यूएई लगाएत अन्य खाडी मुलुक  विदेश पुग्ने गरेका छन् । नेपालीहरूले तालिम लिई दक्षता हासिल गरेर, आधिकारिक माध्यमबाट युएई लगाएत अन्य खाडी मुलुक जाने हो भने यसबाट राम्रो लाभ लिन सकिन्छ । भिजिट भिसामा यूएई गएर काम गरेर बस्ने नेपालीको संख्या पनि उल्लेख्य रहेको बताइन्छ । यसरी जाने नेपालीहरूको संख्या भने तथ्याङ्कमा उल्लेख छैन ।

    यस्तै, गत आवमा यूएई पछि साउदी अरब जाने नेपालीको सङ्ख्या धेरै छ । साउदीमा गत आर्थिक वर्षमा एक लाख ४१ हजार ५०२ श्रम स्वीकृति जारी भएको छ । त्यसैगरी कतारका लागि एक लाख ३४ हजार ६६९, कुवेतको लागि ४० हजार ३६८ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार