Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।बुधबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन्।

    बैठकमा अध्यक्ष दाहालले भने,‘माननीय सदस्यहरूले शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुन्नमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न/गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु।'

    images

    पछिल्लो समय बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको र सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै सांसदहरूले सरकारको आलोचना गर्दै आएका थिए। अध्यक्षको यो रुलिङसँगै अब सरकारले ग्यास आपूर्तिको अवस्था र बजार अनुगमनका बारेमा सदनलाई जानकारी गराउनुका साथै आपूर्ति सहज बनाउन ठोस कदम चाल्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार