Oct 28 2026 | २०८३ कार्तिक १२ गते

२७ म्यानपावरले एक वर्षको अवधिमा १० जना पनि पठाउन सकेनन्

२७ म्यानपावरले एक वर्षको अवधिमा १० जना पनि पठाउन सकेनन्

आइतवार, श्रावण ६ २०८१
  • काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ७८ वटा म्यानपावर कम्पनी प्रत्येकले एक हजारभँदा बढी कामदार वैदेशिक रोजगारमा पठाएका बेला २७ वटा म्यानपावर कम्पनीले भने एक वर्षको अवधिमा नौ जनाभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउन सकेनन् ।

    गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएकोमा ७८ वटा म्यानपावर कम्पनीले एक हजारभन्दा बढी कामदार पठाएका छन् । तर केही कम्पनीले दश जना पनि पु¥याउन सकेनन् ।

    images

    उनीहरू कम्तीमा ५० लाख नगद धरौटी र एक करोड ५० लाख बैंक ग्यारेन्टी राखेर स्थापना भएका कम्पनी हुन् । गत वर्ष एक जना मात्रै पठाउने तीन, दुई जना पठाउने चार, तीन जना पठाउने चार, चार जना पठाउने पनि चार, पाँच जना पठाउने चार, छ जना पठाउने एक, सात जना पठाउने पनि चार, आठ जना पठाउने एक र नौ जना पठाउने तीन वटा म्यानपावर कम्पनी छन् ।

    विभागले सार्वजनिक गरेको तथ्यांकमा ९० भन्दा बढी सयभन्दा कम पठाउने ६ वटा म्यानपावर कम्पनी छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार