Nov 03 2026 | २०८३ कार्तिक १८ गते

जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक

जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । ग्रेट वाल मोटर (जीडब्लूएम) ले नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले उक्त मोडल सार्वजनिक गरेको हो।

    ५८.३ किलोवाट–आवर क्षमताको ब्याट्री रहेको हाभल जोलियन म्याक्सले एक पटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीले जनाएको छ । एसयूभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ।जीडब्लूएमका अनुसार जोलियन म्याक्समा विभिन्न सडक तथा दैनिक प्रयोगलाई ध्यानमा राख्दै सुरक्षा र चालक सहायता प्रणालीका सुविधा उपलब्ध गराइएको छ । यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, लेन चेन्ज असिस्ट, इमर्जेन्सी लेन किपिङ, फर्वार्ड कोलिजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, रियर क्रस ट्राफिक वार्निङ र रियर क्रस ट्राफिक ब्रेकिङलगायतका सुविधा छन्।

    images

    त्यस्तै, ड्राइभर फाटिग मोनिटरिङ र ट्रान्सपरेन्ट अन्डरबडी भ्यु सिस्टम पनि एसयूभीमा उपलब्ध छ । यी प्रविधिले चालकलाई सुरक्षित तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।जोलियन म्याक्सको इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिन दिइएको छ । यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, भ्वाइस रिकग्निसन, ब्लुटुथ र ६ वटा स्पिकरको अडियो सिस्टम रहेको छ।

    भेरियन्टअनुसार प्यानोरामिक सनरुफ, हिटेड तथा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिक ड्राइभर सिट र एम्बियन्ट लाइटिङलगायतका सुविधा पनि उपलब्ध छन्।चार्जिङतर्फ हाभल जोलियन म्याक्सले ६.६ किलोवाटसम्मको एसी चार्जिङ तथा डीसी चार्जिङ सपोर्ट गर्छ । यसमा भेहिकल–टु–लोड (भीटूएल) सुविधा पनि दिइएको छ, जसबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिनेछ।

    जीडब्लूएमले नेपालमा करिब एक महिनाअघि मात्रै ‘ओरा–५’ ईभी सार्वजनिक गरेको थियो । छोटो अवधिमै दोस्रो विद्युतीय एसयूभी सार्वजनिक गरेसँगै कम्पनीले नेपाली बजारमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गरेको हो।कम्पनीका अनुसार नेपाल हाभल जोलियन म्याक्स सार्वजनिक हुने विश्वकै दोस्रो बजार हो। जीडब्लूएम हाल १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको जनाएको छ।

    नेपालमा जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि. हो । कम्पनीले आगामी दिनमा प्रिमियम तथा लक्जरी सेग्मेन्टसहित विभिन्न श्रेणीमा थप मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को विशेष सुरुवाती मूल्यमा हाभल जोलियन म्याक्स रु. ५९ लाख ९९ हजार ९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार