Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कोशीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै, आजै अन्तिम मन्त्रिपरिषद बैठक आह्वान

कोशीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै, आजै अन्तिम मन्त्रिपरिषद बैठक आह्वान

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आजै राजीनामा गर्न दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई निर्देशन दिएको बताए । मन्त्रीहरूले सोही अनुसार राजीनामा दिने आफूले थाहा पाएको उनले बताए।

    यसैबिच, कांग्रेसका मन्त्रीहरूलाई धन्यवाद दिँदै आजै बिदाइ गर्ने उद्देश्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो साढे ३ बजेका लागि विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले भोलि बिहानसम्ममा कांग्रेसका मन्त्रीले राजीनामा दिने जानकारीमा आएको बताए।

    images

    राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।

    केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबिच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो । कांग्रेस र एमालेबिच भएको सहमतिपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनःगठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्री नियुक्त भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार