Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपाको विदेशस्थित संगठनले भन्यो : एनआरएनएको जिम्मेवार पदमा बस्ने नीति छैन

रास्वपाको विदेशस्थित संगठनले भन्यो : एनआरएनएको जिम्मेवार पदमा बस्ने नीति छैन

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विदेशस्थित शुभेच्छुक संस्था प्रवास नेपाली सम्पर्क विभागले एनआरएनएलगायतका संस्थामा पदीय जिम्मेवारी लिने पार्टीको नीति नरहेको स्पष्ट पारेको छ।

    ३६ देशबाट प्रवास नेपाली सम्पर्क विभागका प्रमुखहरुले विज्ञप्ति निकालेर विदेशस्थित विभागमा बस्ने व्यक्ति संघ सस्थाको पदाधिकारी वा जिम्मेवार पदमा बस्न नमिल्ने बताएका छन्।‘कुनै व्यक्ति त्यस्तो जिम्मेवारीमा आवद्ध भएको अवस्थामा निज प्रवास विभागको संगठनात्मक जिम्मेवारीमा रहन नमिल्ने व्यवस्था रहेको स्पष्ट पार्न चाहन्छौं,’ ३६ देशका विभाग प्रमुखले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

    images

    वंशजको नागरिकता सम्बन्धमा धारणा राख्दै विदेशस्थित शुभेच्छुक संस्थाका प्रमुखहरुले नागरिकता ऐन २०६३ मा आवश्यक संशोधन तथा परिमार्जनको माग गरेका छन्।‘यस विषयलाई केवल नागरिकताको प्रश्नका रुपमा नभई प्रवासी नेपाली र नेपालको दीर्घकालीन सम्बन्। लगानी, पहिचान,अधिकार तथा राष्ट्रिय समृद्धिसँग जोडिएको महत्वपूर्ण नीतिगत विषयका रुपमा लिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार