Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुन-चाँदीको मूल्य घट्यो,तोलाको बजार भाउ के छ ?

सुन-चाँदीको मूल्य घट्यो,तोलाको बजार भाउ के छ ?

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला सुनको भाउ ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो।

    यसैगरी चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार ३५ रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार एक तोला चाँदीको भाउ ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको थियो।  यो बुधबारको तुलनामा ३५ रुपैयाँ कम हो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार