Nov 03 2026 | २०८३ कार्तिक १८ गते

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । भारतको कोलकाताबाट चेन्नई जाँदै गरेको इन्डिगोको एउटा विमानमा मंगलबार राति अवतरण गर्नुअघि नै बायाँतर्फको इन्जिन फेल भएपछि हंगामा मच्चिएको छ । घटनापछि चेन्नई विमानस्थलमा तत्काल ‘फुल इमर्जेन्सी’ घोषणा गरिएको थियो । तर पाइलटको सुझबुझका कारण विमान सुरक्षित रूपमा अवतरण गराउन सफल भयो र विमानमा सवार सबै २२४ जना सुरक्षित रहे।

    अवतरणको केही मिनेटअघि इन्जिनमा समस्या

    images

    भारतीय विमानस्थल प्राधिकरणका अधिकारीका अनुसार मंगलबार राति इन्डिगोको उडान नम्बर ६ भ्–७२३ कोलकाताबाट चेन्नईतर्फ आउँदै थियो । विमानमा कुल २२४ जना सवार थिए । विमान राति ११ः३० बजे चेन्नई पुग्ने निर्धारित समय थियो । तर पाइलटले अवतरणको तयारी गरिरहेका बेला विमानको बायाँ इन्जिनले काम गर्न छाडेको जानकारी पाए।

    तत्काल आपतकालीन तयारी सक्रिय

    इन्जिन फेल भएको थाहा पाए लगत्तै पाइलटले कुनै ढिलाइ नगरी एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराए । अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै विमानस्थल प्राधिकरणले राति ११ः२९ बजे ‘फुल इमर्जेन्सी’ घोषणा गर्‍यो । विमानलाई सुरक्षित अवतरण गराउन विमानस्थलका आपतकालीन उद्धार टोली तथा सबै सुरक्षा संयन्त्र तत्काल सक्रिय पारिएको थियो।

    केही मिनेटमै सुरक्षित अवतरण

    राति ११ः२९ बजे– विमानमा समस्या देखिएपछि विमानस्थलमा ‘फुल इमर्जेन्सी’ घोषणा ।
    राति ११ः३७ बजे–विमानले चेन्नई विमानस्थलको रनवे–२५ मा सुरक्षित अवतरण गर्‍यो । सबै २२४ जना सुरक्षित ।
    राति ११ः४७ बजे–अवस्था नियन्त्रणमा आएपछि ‘फुल इमर्जेन्सी’ हटाइयो ।
    विमानस्थल अधिकारीहरूका अनुसार घटना नियन्त्रणमा आएपछि चेन्नई विमानस्थलमा अन्य विमानको आवतजावत तथा सबै उडान सञ्चालन सामान्य रूपमा जारी रह्यो।

    यसअघि एयर इन्डिया विमानमा पनि हंगामा

    यसअघि अगस्ट ४ मा फुकेतबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एयरबस ए३२० विमान उडानका क्रममा अचानक करिब ३०० फिट तल झरेको थियो । यद्यपि, पछि विमानलाई नियन्त्रणमा लिएर दिल्लीमा सुरक्षित अवतरण गराइएको थियो ।  उक्त घटनामा केही यात्रु तथा चालक दलका सदस्य घाइते भएका थिए । विमानमा तीन नवजात शिशुसहित १३७ यात्रु र ८ जना चालक दलका सदस्य सवार थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार