Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

गत वर्ष धेरै कामदार पठाउने  ‘टपटेन’ म्यानपावर कम्पनी (सूचीसहित)

गत वर्ष धेरै कामदार पठाउने  ‘टपटेन’ म्यानपावर कम्पनी (सूचीसहित)

शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागले गत वर्षमा वैदेशिक रोजगारीकोलागी बिभिन्न मुलुक पठाउने म्यानपावर कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ ।

    विभागले सार्वजनिक गरेको तथ्यांङ्क अनुसार नीलकमल ह्युमन रिसोर्स प्रा.लिले सबैभन्दा धेरै वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनी बनेको छ । उक्त कम्पनीबाट गत वर्षमा ७ हजार २ सय ८ जना कामदार  वैदेशिक रोजगारीमा गएका विभागको तथ्यांङ्कमा उल्लेख गरिएको छ ।

    images

    यसैगरी  ५ हजार ७ सय ४६ जना कामदार वैदेशिक रोजगारीमा पठाइ एसओएस म्यानपावर सर्भिस प्रा.लि, दोश्रो र ४ हजार १४ जना कामदार वैदेशिक रोजगारीमा पठाइ एयर किंग्स प्लेसमेन्ट प्रा.लि.तेस्रो भएको छ ।

    गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना कामदार वैदेशिक रोजगारमा गएका थिए । जसमा ७८ म्यानपावर कम्पनीहरुले १ हजार भन्दा बढी कामदार पठाएका छन् ।

    गत आवमा सबैभन्दा धेरै कामदार पठाउने टपटेन म्यानपावर कम्पनीहरू निम्नानुसार रहेका छन् । 

    नील कमल ह्युमन रिसोर्स प्रा.लि – ७,२०८
    एसओएस म्यानपावर सर्भिस प्रा.लि – ५,७४६
    एयर किंग्स प्लेसमेन्ट प्रा.लि – ४,०१४
    प्याराडाइज इन्टरनेशनल प्रा.लि – ३,९८५
    साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि – ३,८३२
    दि रिभर ओभरसिज प्रा.लि – ३,७३४
    इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि – ३,५७९
    सपोर्ट ह्युमन रिसोर्स प्रा.लि – ३,५०९
    एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि – २,९८६
    गल्फ म्यानपावर सर्भिस प्रा.लि – २,९८४

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार