Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सचिव पोखरेल र अधिकारीले दिए राजीनामा

सचिव पोखरेल र अधिकारीले दिए राजीनामा

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । ‘दुई सचिवले राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ,’ प्रवक्ता अर्यालले भने । 

    images
    यही साउन १३ गते मात्रै सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाटै राजीनामा दिएका हुन् । 

    पोखरेल राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट थिए ।

    अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए भने डा. पोखरेलको सचिवको कार्यकाल २०८४ भदौ २३ गतेसम्म थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार