Nov 03 2026 | २०८३ कार्तिक १८ गते

१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीद्वारा ध्यानाकर्षण

१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीद्वारा ध्यानाकर्षण

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको मंगलबारको बैठकमा एक १७ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी उनको डिम्ब निकालिएको गम्भीर र संवेदनशील घटना सार्वजनिक भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले उक्त घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन्।

    सांसद सेञ्चुरीले संसद्मा प्रस्तुत गरेको जानकारीअनुसार गत साउन १४ गते ती बालिकालाई ३० हजार रुपैयाँको प्रलोभन देखाई राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नूतन शर्मा लगायतको समूहले डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराएका थिए । पीडित बालिकाको महिनावारी चक्र (मेन्सुरेशन साइकल) ट्र्याक गरी १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको र अल्ट्रासाउण्डमार्फत डिम्ब निकालिएको सांसद सेञ्चुरीले बताइन्।

    images

    डिम्ब निष्कासनपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । उनी बेहोस हुने, हिँडडुल गर्न नसक्ने, पेट र कम्मर दुख्ने तथा वान्ता हुने जस्ता समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूले स्वास्थ्य परीक्षणका क्रममा बालिकाको डिम्ब निकालिएको पुष्टि गरेको सांसद सेञ्चुरीले जानकारी दिइन्।

    यस सम्बन्धमा पीडित पक्षले जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा केही व्यक्ति पक्राउ परे पनि उनीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र हाल उनीहरूले पीडित पक्षलाई विभिन्न माध्यमबाट धम्की दिइरहेको सांसद सेञ्चुरीको आरोप छ।

    सांसद सेञ्चुरीले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्न र हदैसम्मको कानुनी कारबाही गरी पीडितलाई न्याय दिलाउन सभामुखमार्फत सरकारसँग माग गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार