Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बंगलादेशमा आन्दोलन हिंसात्मक बन्दै जादा १९ जनाको मृत्यु, नेपाली विद्यार्थी मेघालयतर्फ प्रवेश

बंगलादेशमा आन्दोलन हिंसात्मक बन्दै जादा १९ जनाको मृत्यु, नेपाली विद्यार्थी मेघालयतर्फ प्रवेश

बैदेशिक रोजगार पोस्ट
शुक्रवार, श्रावण ४ २०८१
  • मेघालय । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बङ्गलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् ।

    आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका छन् । 

    images

    बंगलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपाली भारतसँग बंगलादेशको सीमा जोडिएको मेघालयको दावकी एकीकृत चेकपोस्ट हुँदै भारत प्रवेश गरेका छन् । 

    भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार साँझ ६ : ४५ बजेसम्ममा २०२ नेपाली भारतीय सिलोङबाट ८१.५ किमी टाढा रहेको सो नाकाबाट भारततर्फ छिरेका थिए । ती विद्यार्थीको सुरक्षाको आवश्यक प्रबन्ध गरिएको समाचारमा उल्लेख छ । 
     
    सीमा पार गरेर भारत जानेमा नेपालका १०१, भुटानका ७, भारतका २३ र चारजना पर्यटक भएको प्रहरी अधिकारीलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

    नेपाली विद्यार्थी भारततर्फ छिरेको भन्ने प्रसंगमा नेपाली अधिकारीहरूले भने पुष्टि गरेका छैनन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार