Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गगन थापालाई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरियाे

गगन थापालाई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरियाे

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै लेखेको पत्रमा सभापति गगन कुमार थापालाई ‘तत्कालीन महामन्त्री’को रूपमा सम्बोधन गरेका छन्।

    राष्ट्रिय भेला आयोजक समितिको संयोजकको हैसियतमा डा. कोइरालाले निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रको बोधार्थमा थापालाई तत्कालीन महामन्त्री भनिएको छ।थापा विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए । उनी सभापति भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता  दिइसकेका छन्।

    images

    डा. कोइरालाले सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वको हैसियतबारे परेको मुद्दालाई पुनरवलोकन  गर्ने आदेश दिएपछि डा. कोइरालाले वर्तमान नेतृत्वको कानुनी हैसियतमाथि प्रश्न उठाएका छन् । पत्रमा लेखेका छन्, ‘सर्वोच्च अदालतले निस्सा प्रदान गरेसँगै नेपाली कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः गम्भीर रूपमा न्यायिक पुनरावलोकनको अवस्थामा पुगेको छ।’

    सोही कानुनी तर्कका आधारमा डा. कोइरालाले थापालाई  तत्कालीन महामन्त्रीको सम्बोधन गरेको इतर समूहका एक नेताले जनाए । अदालतले मुद्दा दोहोर्‍याएर हेर्ने भएपछि वर्तमान कार्यसमितिको वैधानिकतामाथि नै कानुनी प्रश्न चिह्न खडा भएको दाबी इतर समूहको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार