Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नयाँ टियागो ईभी नेपालमा, कति तोकियो २ भेरियन्टको मूल्य?

नयाँ टियागो ईभी नेपालमा, कति तोकियो २ भेरियन्टको मूल्य?

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा फेसलिफ्ट टाटा टियागो ईभीको बिक्री थालेको छ । सिप्रदी ट्रेडिङले दुई भेरियन्टमा फेसलिफ्‌ट टियागो ईभी नेपाल ल्याएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ छ भने टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ । नयाँ टियागो ईभी पहिलेकै मूल्यमा उपलब्ध भएको हो ।

    सिप्रदीले आजदेखि सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ टियागो ईभी सार्वजनिक गरेको हो । नेपाली सडकमा निकै बाक्लो संख्यामा भेटिने टियागो ईभीको फेसलिफ्ट संस्करण डिजाइन, प्रविधि र सुविधामा उल्लेख्य सुधार भएर आएको कम्पनीको दाबी छ।

    images

    विशेषगरी सहर केन्द्रित किफायती ईभी खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले नयाँ मोडल ल्याएको हो । फेसलिफ्ट टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको छ । यसमा ५५ किलोवाट क्षमताको विद्युतीय मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ।

    नयाँ टियागो ईभीमा अपडेट गरिएको डिजिटल ककपिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टि फङ्सन स्टेयरिङ जस्ता सुविधा समावेश छन् । साथै, नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले क्याबिनलाई थप आधुनिक बनाएको छ।

    सुरक्षाको लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर उपलब्ध छन्।

    नेपालमा किफायती मूल्य र स्थापित सर्भिस नेटवर्कका कारण टाटा ब्राण्डप्रति ग्राहकको आकर्षण उच्च रहेको छ । यही कारण फेसलिफ्ट टियागो ईभीले पनि नेपाली बजारमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिप्रदीले कति मूल्य राखेर बजारमा ल्याउँछ भन्ने धेरैको चासो छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार