Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कालो चस्माको होइन, निर्वाचन क्षेत्रमा लागू गर्ने कार्यक्रमको बहस गर्नुस्ः खगेन्द्र कर्ण

कालो चस्माको होइन, निर्वाचन क्षेत्रमा लागू गर्ने कार्यक्रमको बहस गर्नुस्ः खगेन्द्र कर्ण

सरकारले रोजगारी सिर्जना गर्नका लागि गर्नुपर्ने कामहरू बारे बहस गर्न उनले आग्रह गरे ।

मंगलवार, श्रावण २६ २०८३
  •  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको चस्मा बहसमा केन्द्रित नहुन संसदमा आग्रह गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा कर्णले भने,‘प्रधानमन्त्रीले कालो चस्मा लगाउनुभयो । प्रधानमन्त्रीले कालो ड्रेस लगाउनु भयो । देश बनाउन सफा नियत भएका माननीयहरुले कालो चस्मा, कालो कोट होइन । आफ्नो निर्वाचन क्षेत्रमा गएको कार्यक्रम लागू गर्न बहस गर्नुस् ।’

    images

    सरकारले रोजगारी सिर्जना गर्नका लागि गर्नुपर्ने कामहरु बारे बहस गर्न उनले आग्रह गरे । स्थानीय सरकारमा देखिएको व्यथिति, भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानुनको बिषयमा बहस हुनपर्नेमा बिषयान्तर भइरहेको उनले बताए ।

    विगतका सरकारको समयमा बजेटमा सत्ताधारी राजनीतिक दलका शीर्ष नेताको क्षेत्रमा मात्रै विकास बजेट गएको आवाजहरु सदन सुनिने बताउँदै कर्णले भने,‘सत्तपक्षकै सांसदले बजेटमा बेइमानी भनेर आरोप लगाउँथे । तर, अहिले निर्वाचन क्षेत्रमा बजेट परेन भनेर सरकारको आलोचना गरेको सुनिएको छैन । सरकारले शुसासन सहित दिगो विकास तर्फ देशलाई उन्मुख गराएको छ । वहस एजेन्डा केन्द्रीत हुनु पर्नेमा व्यक्ती केन्द्रित भइरहेको छ ।

    हिन्दिमा एउटा भनाइ छ ‘ये पब्लिक है सब जानती है ।’

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार