Nov 03 2026 | २०८३ कार्तिक १८ गते

१ करोड १९ लाख ९६ हजारमा लन्च भयो बीएआईसीको बीजे३० हाइब्रिड एसयूभी

१ करोड १९ लाख ९६ हजारमा लन्च भयो बीएआईसीको बीजे३० हाइब्रिड एसयूभी

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । काठमाडौं–लक्ष्मी ई–मोबिलिटीले नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२६ मा बीएआईसी बीजे३० हाइब्रिड एसयूभी लन्च गरेको छ । अफराेड डिजाइन र आधुनिक प्रविधिको आकर्षक संगमका रूपमा प्रस्तुत गरिएको यस एसयूभीको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

    बीजे३० एसयूभीमा बीएआईसीको म्याजिक कोर डीएचईभी हाइब्रिड पेलोड प्रविधि प्रयोग गरिएको छ, जसले १.५ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयुक्त शक्ति प्रदान गर्दछ।

    images

    यसको अल–ह्विल–ड्राइभ भेरिएन्टले ४०९ हर्सपावर र ६८५ एनएम टर्क उत्पन्न गर्छ, जसले उत्कृष्ट गति र क्षमता प्रदर्शन गर्छ । ४,७३० मिमी लम्बाइ र २,८२० मिमी ह्विलबेस रहेको यो ५ सिटर एसयूभीमा २१५ मिमीको ग्राउन्ड क्लियरेन्स र विभिन्न भू–भाग अनुकूल ड्राइभिङ मोडहरू उपलब्ध छन्।

    गाडीको भित्री भागमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । यसका साथै क्याम्पिङ तथा आउटडोर गतिविधि सहज बनाउन पछाडिका सिटहरू मोडेर विशाल भण्डारण क्षमता बनाउन सकिने सुविधा र भेइकल–टु–लोड पावर सप्लाई समेत उपलब्ध गराइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार