Nov 03 2026 | २०८३ कार्तिक १८ गते

९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा

९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।कारबाहीमा परेकाबाट कूल रु ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ। झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन जम्मा भएको हो।

    त्यसैगरी, धनकुटाबाट रु ६३ लाख आठ हजार एक, ओखलढुङ्गाबाट रु ३७ लाख २८ हजार २०३, पाँचथरबाट रु ३१ लाख ४९ हजार, खोटाङबाट रु २२ लाख ४८ हजार, भोजपुरबाट रु १५ लाख ५००, तेह्रथुमबाट रु १३ लाख ५७ हजार, सोलुखुम्बुबाट रु १४ लाख ७५ हजार, सङ्खुवासभाबाट रु १० लाख ४३ हजार र ताप्लेजुङबाट रु आठ लाख सात हजार ५०० राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले राससलाई जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार