Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायलमा इरानले क्षेप्यास्त्र हानिरहेको छ, नेपालले धमाधम कामदार पठाउँदैछ

इजरायलमा इरानले क्षेप्यास्त्र हानिरहेको छ, नेपालले धमाधम कामदार पठाउँदैछ

बिहिवार, बैशाख ६ २०८१
  • काठमाडौं । युद्धग्रस्त मुलुक इजरायलको राजधानी तेल अविबलगायत क्षेत्रमा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरे पनि नेपाल सरकारले धमाधम कामदार पठाइरहेको छ ।

    गत आइतबार बिहान इरानले क्षेप्यास्त्र हानेपछि त्यहाँस्थित दूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सोमबार २० नेपाली पठाएको छ ।

    images

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतको वैदेशिक रोजगार विभागले छनोट गरेका श्रमिकलाई सरकारी तवरमै इजरायल पठाउने काम गरिरहेको छ । इरानको आक्रमणका बाबजुद पनि नेपाली कामदार इजरायल गइरहेका छन् ।

    यसअघि हमासले आक्रमण गरेपछि सरकारले इजरायल पठाउन रोक लगाएको थियो । केही नेपालीको उद्धार गरेर स्वदेश ल्याएको थियो । त्यसको केही समयपछि फेरि कामदार पठाउन थालेको हो ।

    अहिले जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट नेपाली श्रमिकहरु केयर गिभरको काम गर्न धामधम इजरायल गइरहेका छन् ।

    इरानको आक्रमणपछि नेपाली राजदूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको थियो । नेपाली दूतावासले नेपालीहरुलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिरहँदा सरकारले सोमबार नै २० जना नेपालीलाई रोजगारीका लागि इजरायल पठाएको हो । थप नेपाली कामदार पाठउने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार