Nov 03 2026 | २०८३ कार्तिक १८ गते

डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने

डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने

मंगलवार, श्रावण २६ २०८३
  •  काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्।राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए।

    इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ । त्यसका लागि उनी साउन २८ गते स्वदेश फर्किदैछन्।यसअघि भेलाको संयोजन गरिरहेका डा. शशांकले भेलाप्रति डा. शेखरको पनि सहमति रहेको बताएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार