काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ। उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो भएको भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन्।‘संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ । कसमेसकम सदनमा उपस्थित भएर जवाफ दिनुुस् भनेर सभामुखले आग्रह गर्नुभयो’, स्रोतले भन्यो।
तर, प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको बुझिएको छ । प्रतिपक्ष दलहरुले लगातार संसदमा प्रधानमन्त्रीको खाजी गरिरहेका छन् । तर, प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर जवाफ दिन चाहिरहेका छैनन्।मंगलबार मात्रै पनि प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद भरतबहादुर श्वारले प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पछि हटेको बताएका थिए।



