Nov 03 2026 | २०८३ कार्तिक १८ गते

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार केसीको निधन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार केसीको निधन

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी ‘मानसिंह’को निधन भएको छ । पार्टीका अनुसार केसीको साउन २४ गते साँझ ८ बजे प्युठान नगरपालिका–१० स्थित आफ्नै निवास मरन्ठानामा निधन भएको हो।

    पार्टीले केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । वि‍सं‍‍. १९९८ साउन १८ गते प्युठानमा जन्मिएका केसीले २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी २०२४ देखि २०३६ सालसम्म भूमिगत रहेर पार्टी सङ्गठन निर्माणमा सक्रिय थिए।

    images

    अस्थायी शिक्षकका रूपमा लामो समय शिक्षण पेसामा समेत रहेका केसी पार्टीको जिल्ला समिति सदस्य, जिल्ला सचिव हुँदै केन्द्रीय समिति सदस्यसम्मको जिम्मेवारीमा पुगेका थिए । महान् जनयुद्धका क्रममा २०५३ देखि २०६३ सालसम्म उनी परिवारसहित भूमिगत भएर पार्टीका विभिन्न जिम्मेवारीमा सक्रिय रहेको पार्टीले जनाएको छ।

    केसी २०६४ सालमा प्युठान क्षेत्र नं.१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । जीवनको अन्तिम समयसम्म मार्क्सवाद–लेनिनवाद–माओवादमा प्रतिबद्ध रही नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको यात्रामा सक्रिय रहेको पार्टीले जनाएको छ।

    767242798_1757986291897314_8035582534214475627_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार