Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रतिनिधि सभा बैठकमा तीन विधेयक प्रस्तुत

प्रतिनिधि सभा बैठकमा तीन विधेयक प्रस्तुत

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित तीनवटा विधेयकहरू प्रस्तुत गरिएको छ।बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट तीन विधेयकहरू सदनमा पेस गरिएको हो। 

    बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरे।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरिन्।बैठककै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे।

    images

    तीनैजना मन्त्रीहरूले सम्बन्धित विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । अनुमति माग्ने प्रस्तावमा कसैले पनि कुनै सांसदले विरोधको सूचना दर्ता नगरेकाले ती विधेयकहरूले सदनमा औपचारिक रूपमा प्रवेश पाएका हुन्।अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया सु्रु हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार