Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कोशीमा नेकपाले माग्यो ४ मन्त्रालय, शेरधन भन्छन्– ३ वटा दिन्छौं

कोशीमा नेकपाले माग्यो ४ मन्त्रालय, शेरधन भन्छन्– ३ वटा दिन्छौं

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँग सत्ता सहकार्यका लागि ४ वटा मन्त्रालय माग गरिएको जानकारी दिए ।

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । विराटनगर,सत्ता सहकार्य गर्ने सहमति गरेको नेकपा एमाले र नेकपाले कोशी प्रदेशमा  भागबन्डामा समस्या देखिएको छ ।

    हाल कोशीमा ९ वटा मन्त्रालय छन् । जसमध्ये नेकपाले ४ वटा मन्त्रालय दाबी गरेको हो। तर, नेकपा एमाले भने ३ वटा मन्त्रालय मात्रै दिने अडानमा छ ।

    images

    नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँग सत्ता सहकार्यका लागि ४ वटा मन्त्रालय माग गरिएको जानकारी दिए ।

    ‘हामीले ४ वटा मन्त्रालय भनेका छौं, उहाँहरूको कुरा मिडियामा सुनेको हो,’ उनले भने, ‘औपचारिक छलफल अघि बढेको छैन ।’

    वर्तमान सरकारमा कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्री छन् । नेकपाले आफ्नो दलले सोही संख्या पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    आङ्बोले सोमबारको छलफलमा छलफलमा पार्टीको तर्फबाट अडान राख्ने बताए । आज हुने छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम, बजेटको पुनरावलोकन लगायत विषयमा छलफल गर्ने  उनले बताए ।

    नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने ३ वटा मन्त्रालय दिन सकिने बताउँछन् ।

    आइतबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले ६–३ को अनुपातमा सत्ता साझेदारी गर्ने बताएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार