Nov 03 2026 | २०८३ कार्तिक १८ गते

देशभर ९७० प्रहरी इकाइको माग, आवश्यक जनशक्ति १७ हजार

देशभर ९७० प्रहरी इकाइको माग, आवश्यक जनशक्ति १७ हजार

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । देशका विभिन्न ठाउँहरुमा प्रहरी चौकी चाहियो भन्दै दिनहुँजसो माग हुने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशका विभिन्न ९७० ठाउँमा प्रहरी इकाई चाहियो भन्दै निवेदन आएको छ । नयाँ माग भएका इकाइहरुका लागि १७ हजार १ सय प्रहरी चाहिने बताइएको छ ।

    त्यसैगरी ४६१ प्रहरी कार्यालयको स्तरवृद्धी गर्नुपर्ने भन्दै माग भएको छ । मागअनुसार ती कार्यालयको स्तरवृद्धि गर्न ११ हजार २८६ जनशक्ति चाहिन्छ ।

    images

    यसरी माग भएका कतिपय ठाउँहरुमा प्रहरीले अस्थायी रुपमा पोस्टहरु स्थापना गर्दै आएको छ । प्रहरी प्रधान कार्यालयाको तथ्यांकअनुसार अहिले देशभर ७५१ अस्थायी प्रहरी पोस्ट छन् । ती प्रहरी पोस्टमा ४ हजार २१२ जनशक्ति छन् । त्यसैगरी देशभरका ६०६ ठाउँमा अस्थायी ट्राफिक प्रहरी पोस्ट छन् । ती पोस्टमा १ हजार ६८५ जनशक्ति छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार