Nov 04 2026 | २०८३ कार्तिक १९ गते

संसद्‌मा कांग्रेसले भन्यो– प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न

संसद्‌मा कांग्रेसले भन्यो– प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै की सांसद रेनुका काउचाले  प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एक्लो महसुस भएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन्।

    सांसद काउचाले प्रधानमन्त्रीलाई कालो चस्मा खोलेर हेर्न आग्रह गर्दै भनिन्, ‘तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया र संसदीय मर्यादा उल्लङ्घन हुँदा प्रतिपक्ष मौन बस्न सक्दैन।’

    images

    प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूलाई घेराबन्दीको रूपमा बुझ्न नहुने उनको तर्क थियो । ‘संसद्ले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ काउचाले भनिन्, ‘यो त संसदीय लोकतन्त्रको सुन्दरता र हाम्रो संवैधानिक दायित्व हो।

    प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको उनले आलोचना गरिन् । सीमा जस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्नेमा राजनीतिक आवेगमा दिइने अभिव्यक्तिले अन्तर्राष्ट्रिय साख र कूटनीतिक विश्वसनीयतामा धक्का पुग्ने उनले चेतावनी दिइन् । उनले भनिन्, ‘गल्ती स्वीकार गर्नु कमजोरी होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो । यदि अन्तर्मनले चाहन्छ भने जनता र संसद्सँग क्षमा माग्नुहोस्, यसले तपाईंको लोकतान्त्रिक कद घटाउँदैन, बरु बढाउँछ।’

    सांसद काउचाले प्रधानमन्त्री आफ्नै मन्त्रिमण्डल र दलभित्र पनि समन्वय गर्न नसकेर एक्लो परेको हो कि भन्ने प्रश्न उठाइन् । अर्थमन्त्री र प्रधानमन्त्रीबिचको नोकझोक तथा प्रधानमन्त्रीको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि दबाब दिएको भनिएका विषयहरूले सुशासनमा प्रश्न उठाएको उनले बताइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार