Nov 03 2026 | २०८३ कार्तिक १८ गते

देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ। देशका विभिन्न स्थानमा गरी सात जना मृत अवस्थामा फेला परेका छन्।ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ खुजिङ्कुनास्थित सुनकोशी नदीमा काभ्रे मण्डनदेउपुर गाउँपालिका–७ कुन्तावेशी बस्ने ६७ वर्षीया तिल कुमारी पराजुली आइतबार मृत अवस्थामा फेला परेकी छन्।

    कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्कास्थित खुल्ला चौरमा सोही गाउँपालिका–६ चान्देव शिविर बस्ने ५९ वर्षीय रनी साउद आइतबार मृत अवस्थामा फेला परेका छन्।झापाको शिवसताक्षी नगरपालिका–८ रत्नचोक बस्ने ४५ वर्षीय धर्मलाल रिजाल सोही ठाउँस्थित धान खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

    images

    दाङको गढवा गाउँपालिका–६ मनिकापुर हुलाके टोल बस्ने घोराही घर भएकी ६५ वर्षीया बचनी देवी विक सोही गाउँपालिका–६ स्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेकी छन्।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित तिलौराकोट सामुदायिक जङ्गलमा कपिलवस्तु नगरपालिका–३ देवनगडिया बस्ने ६५ वर्षीय किरण सिंह आइतबार मृत अवस्थामा फेला परेका छन्।

    रूपन्देहीको बुटवल उपमहानगरपालिका–५ जनएकता टोल नजिकै तिनाउ खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी १६ वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन्।सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुर कौवा बस्ने ६० वर्षीय रमेश्वर महरा सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन्।सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार