Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नयाँबानेश्वरमा पक्राउ परेका युवाको बयानका आधारमा मकवानपुरबाट पेस्तोल फेला

नयाँबानेश्वरमा पक्राउ परेका युवाको बयानका आधारमा मकवानपुरबाट पेस्तोल फेला

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ। प्रहरीले मकवानपुरबाट एक थान पेस्तोल बरामद गरेको छ।मकवानपुरको बागमती गाउँपालिका–९ बेतनी अगौटेबाट पेस्तोल १ थान र म्यागजिन १ थान आइतबार राति प्रहरीले बरामद गरेको हो।

    प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौँबाट खटिएको टोलीले मकवानपुर बेतनी अगौटे बस्ने १९ वर्षीय टेक बहादुर सिङतानलाई नयाँबानेश्वरबाट आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले आफ्नो घरमा पेस्तोल लुकाएर राखेको खुलाएपछि नयाँबानेश्वर र इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गरेको थियो।तलासीका क्रममा जेब्रा झोलामा लुकाएर राखिएको उक्त पेस्तोल र म्यागजिन फेला परेको हो।

    images

    यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ खालेस्थित खाले जङ्गलबाट एकनाले भरुवा बन्दुक १ थान आइतबार साँझ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारेको हो।दैलेखको ठाटिकाँध गाउँपालिका–१ मानाकोटस्थित मालुकोट सामुदायिक वनबाट पनि अवैध एकनाले भरुवा बन्दुक १ थान आइतबार बेलुकी प्रहरी चौकी ठाटिकाँधको टोलीले बरामद गरेको छ।

    प्युठानको झिमरुक गाउँपालिका–४ चापापानी सामुदायिक वनको ओढारबाट एकनाले भरुवा बन्दुक ५ थान आइतबार दिउँसो इलाका प्रहरी कार्यालय औखरबोटले बरामद गरेको छ। यसैगरी प्युठानकै नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्साबाट भरुवा बन्दुक १३ थान तथा बन्दुकमा लाग्ने नाल २ थान आइतबार दिउँसो इलाका प्रहरी कार्यालय लुङबहानेको टोलीले बरामद गरेको छ।बरामद गरिएका हातहतियार र पक्राउ परेका व्यक्तिका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार