Nov 03 2026 | २०८३ कार्तिक १८ गते

पाल्पाको रम्भामा दुई किशोरी बलात्कारको अभियोगमा दुई जना पक्राउ

पाल्पाको रम्भामा दुई किशोरी बलात्कारको अभियोगमा दुई जना पक्राउ

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । दुई जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पामा दुई युवकलाई पक्राउ गरेको छ।१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका–१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। सुलभले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

    यसैगरी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्का एक युवक पनि पक्राउ परेका छन्। रम्भा गाउँपालिका–१ हुँगीस्थित मोटरसाइकल वर्कसप सञ्चालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। महतोले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार