Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

    महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो।त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ।

    images

    चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले बढेको छ।महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ।त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार