Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने भन्दै ढल्केबरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने भन्दै ढल्केबरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नु पर्ने माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको आज पाँचौ दिन स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको सहभागितामा आधा घण्टा राजमार्ग अवरुद्ध गरिएको हो।

    बिहान ११ बजेदेखि ११: ३० बजेसम्म राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ।गत शुक्रबार प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै  संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरिएको थियो।बुधबार सदनमा स्वास्थ्यमन्त्री निशा मेहताले लाहानमा बन्ने जानकारी गराएकी थिइन् । यसपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको छ।

    images

    भोलि पनि बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजामको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक समेत रहेका संघर्ष समितिका संयोजक समेत रहेका मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए।

    हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो।

    उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको मेयर महतोले बताए। शिलान्यासको संघारमा रहेको उक्त योजना विवादित बनेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार