Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

    भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विभिन्न आयामबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग पनि एक्लाएक्लै छलफल गर्ने कार्यक्रम रहेको छ ।

    images

    यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उनले सुरुवाती चरणमा राजदूतहरूसँग छुट्टाछुट्टै भेट नगर्ने नीति अवलम्बन गरेका थिए । तर अहिले भने प्रधानमन्त्री शाहले राजदूतहरूसँग छुट्टाछुट्टै छलफल गर्न थालेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार