Nov 03 2026 | २०८३ कार्तिक १८ गते

१२ बजे १२ समाचार: विदेशी राजदूतलाई भेट्दै बालेनदेखि प्रहरी परिचालन गरी ग्यास वितरणसम्म

१२ बजे १२ समाचार: विदेशी राजदूतलाई भेट्दै बालेनदेखि प्रहरी परिचालन गरी ग्यास वितरणसम्म

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

    १. मुख्यमन्त्रीले बिर्सिए प्रतिबद्धता

    images

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक सरकारको नेतृत्व सम्हाल्दा प्रदेशको विकास व्यवस्थापनदेखि बजेट निर्माणसम्म सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    वार्षिक विकास कार्यक्रम छनोटमा स्पष्ट मापदण्ड बनाउने, योजना प्राथमिकताका आधारमा अघि बढाउने, स्थानीय तहसँग समन्वय बढाउने र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उनको घोषणा थियो।

    २.‘एक्लोपन’को कुरा किन गरे बालेनले ?

    प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसले राजनीतिक रूपमा तरङ्ग ल्याएको छ । उनले ‘कहिलेकाहीँ एक्लै लड्नु पर्छ’ भन्ने सन्देशसहित लेखेको स्टाटसले राजनीतिक रूपमा के सङ्केत गर्छ भन्नेबारे चर्चा हुन थालेको हो।

    ३. कपिलवस्तुका पूर्वमेयर मृत फेला

    कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् । शुक्रबारदेखि सम्पर्कविहीन भएका उनी तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका हुन्।

    ४. विदेशी राजदूतलाई भेट्दै बालेन

    प्रधानमन्त्री बालेन शाहले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन् । सोमबारदेखि उनले विदेशी राजदूतसँग भेट थाल्ने भएका हुन् । सुरुवातमा उनले भारतीय राजदूतसँग भेट गर्ने, त्यसपछि क्रमशः चीन, अमेरिका र अन्य मुलुकका राजदूत भेट्ने भएका छन्।

    ५. गगन थापाले सरकार, न्यायालय र इतर समूहमाथि उठाए प्रश्न

    नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार, न्यायालय र पार्टीकै इतर समूहमाथि प्रश्न उठाएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा उनले यी तीन विषयमा प्रश्न उठाएका हुन्।

    ६. प्रहरी परिचालन गरी ग्यास वितरण

    खाना पकाउने ग्यासको अभाव भएपछि प्रहरी परिचालन गरेर ग्यास वितरण सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबारदेखि प्रहरी परिचालन गरेर ग्यास वितरण गर्न थालेको हो । काठमाडौँमा सञ्चालित ५५ वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास वितरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले  बताए।

    ७. सञ्चय कोषमाथि सरकारको दोहोरो नियन्त्रण

    ‘कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा विचाराधीन छ । साउन १४ गते प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको उक्त विधेयकले कोषको सञ्चालक समिति, संगठनात्मक संरचना, अधिकार हेरफेर एवं लगानीको क्षेत्रमा विस्तारको प्रस्तावसमेत गरेको छ।

    ८. किशोरीको डिम्ब निकालेको घटनामा डाक्टर नूतनसँग प्रहरीले लियो बयान

    ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले डा. नूतन शर्मासँग बयान लिएको छ । असार १४ मा ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आइभीएफ सेन्टरमा १७ वर्षीय किशोरीको डिम्ब निकालिएको आरोप छ।

    ९. कोशीमा नेकपाले माग्यो कांग्रेसले सम्हाल्दै आएका मन्त्रालय

    एमाले र नेकपाबिच भएको तीन बुँदे सहमतिअनुसार कोशी प्रदेशमा सरकार विस्तारको तयारी तीव्र बनेको छ । गत शुक्रबार पहिलो चरणमा भएको छलफलमा नेकपाले आफ्नो पार्टीलाई हाल सरकारमा रहेको कांग्रेसकै हैसियतमा मन्त्रालय भागबन्डा हुनुपर्ने सर्त राखेको छ।

    १०. खैरो हेरोइन कारोबार हुँदै आएको अड्डामा प्रहरीको छापा

    ललितपुरको कुपण्डोलमा खैरो हेरोइन कारोबार हुँदै आएको एक घरमा प्रहरीले छापा मारेर लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

    ११. तोडफोडपछि पलाँता अस्पतालको सेवा बन्द

    कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो।

    १२. ट्रम्प र गाजा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति प्रयासअन्तर्गत अघि सारिएको १५ बुँदे मार्गचित्र अहिले इजरायल र हमासबिचको विवादको नयाँ केन्द्र बनेको छ।

    गाजाका लागि ट्रम्पको व्यापक शान्ति योजनालाई कार्यान्वयनमा लैजान ‘बोर्ड अफ पीस’का गाजासम्बन्धी उच्च प्रतिनिधि निकोलाय म्लादेनोभले २१ मे २०२६ मा यो १५ बुँदे ‘रोडम्याप’ सार्वजनिक गरेका थिए । यसको मुख्य उद्देश्य युद्धविरामलाई मात्र कायम राख्नु नभई गाजालाई युद्ध र मानवीय संकटको चक्रबाट निकालेर पुनर्निर्माण, नागरिक शासन र प्यालेस्टिनी स्वशासनतर्फ लैजानु हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार