Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बंगलादेशमा रहेका विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सुरक्षित रहन दूतावासको आग्रह

बंगलादेशमा रहेका विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सुरक्षित रहन दूतावासको आग्रह

बुधवार, श्रावण २ २०८१
  • काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।

    राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    images

    राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

    बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ । र अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।

    साथै विद्यार्थीहरूलाई आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ। यद्यपी कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा दूतावासलाई खबर गर्न भनिएको छ।

    Capture.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार