Nov 03 2026 | २०८३ कार्तिक १८ गते

पलाँता अस्पतालको सेवा बन्द, घटना के भएको हो ?

पलाँता अस्पतालको सेवा बन्द, घटना के भएको हो ?

आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो।

    पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले अस्पतालले सेवा बन्द गरेको पुष्टि गरे ।  गत शुक्रबार दिउँसो अस्पतालभित्रै मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ।

    images

    आफ्नो ड्युटीमा खटिएका चिकित्सक र नर्सहरू माथि गत साउन २२ गते शुक्रबार  दिउँसो र  त्यही दिन बेलुकी क्वाटरमा नै गएर दोहोर्‍याएर कुटपिट गरेको घटना बाहिर आएको थियो।

    स्थानीय मैना बमका छोरासहित केही व्यक्ति अस्पतालको ओपीडी अगाडि बसेर अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए । स्वास्थ्य सेवा प्रभावित हुने भन्दै मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरे।

    त्यसपछि विवाद सुरु भएको थियो । सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा चिकित्सक तथा नर्समाथि हातपात भएको अस्पताल प्रशासनले जनाएको छ।

    अस्पतालमा कार्यरत एक नर्सले भनिन्–  ‘पहिले हाम्रो क्वार्टर उहाँहरुकोमा थियो ।  व्यवस्थापन समितिको सल्लाह अनुसार क्वार्टर अस्पतालभित्र सरेको थियो । साउन १५ मा क्वार्टर सरेदेखि निरन्तर गाली भइरहेको थियो । हामी सहेर बसेका थियौँ । वाइफाई चलाउन नदिएको वाहनमा हामी माथि आक्रमण भयो।’

    उनले आफूमाथि धेरै दिनदेखि मैना बमको परिवारबाट मानसिक तनाव भइरहेको बताइन् । नर्सले भनिन्- ‘हामीमाथि अपशब्द पनि बोलियो । हामीलाई देखेपछि गाली गर्ने, बाहिर निस्केको देखेपछि पनि गाली गर्नुहुन्थ्यो । मेरो यो जग्गा हो । यो बाटो हिँडिस् भने राम्रो हुनेछैन भन्नुहुन्थ्यो।’

    पालिकाका स्वास्थ्य संयोजक न्यौपानेले भोलि सोमबार घटनाको मुचुल्का गरिने र त्यसपछि सर्वपक्षीय छलफल गरेर समस्याको निकास निकालिने बताए । न्यौपानेले रातोपाटीसँग भने, ‘डा.अली हैदर रैनल कालिकोट सदरमुकाम मान्मा जानुभएको छ । उहाँ र नर्सको मुख्य माग न्याय चाहियो भन्ने हो । भोलि जनप्रतिनिधिसहितको बैठक बस्छ।’

    769129812_1574633484062189_6873835581353100952_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार