Nov 03 2026 | २०८३ कार्तिक १८ गते

शासकीय अराजकताविरुद्ध आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी : गगन थापा

शासकीय अराजकताविरुद्ध आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी : गगन थापा

आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई जिम्मेवार बनाउन शासकीय अराजकताविरुद्ध आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठक सुरुवात गर्दै सभापति थापाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट पारेका हुन्।

    बैठकमा थापाले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाए । ‘सरकारका मन्त्रीको सम्पत्तिमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन ? यो जनताको जान्न पाउने अधिकार हो,’ उनले भने।

    images

    त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई सिंहदरबारको कोठामा थुन्न पाइन्छ ? के हाम्रो संविधानले यस्तो अनुमति दिन्छ ? यस्ता असंवैधानिक र अराजक गतिविधि विरुद्ध कांग्रेसले दह्रोसँग आवाज उठाउनुपर्छ।’

    नेपाली कांग्रेस एक राष्ट्रिय शक्ति भएकोले यसको काँधमा ठुलो राष्ट्रिय जिम्मेवारी रहेको थापाले बताए । नेपालभित्रका विभिन्न शक्तिहरूसँग संवादको ढोका खोल्नुपर्नेमा जोड दिए । उनले अहिलेको अवस्थामा कांग्रेसका अगाडि मुख्य तीन वटा जिम्मेवारी रहेको उल्लेख गरे ।  ‘निर्वाचनले हामीलाई प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी दिएको छ, यो हाम्रो संवैधानिक जिम्मेवारी हो,’ थापाले भने, ‘सरकारलाई जिम्मेवार बनाउने र सरकारका गलत काममाथि प्रश्न गर्ने तथा खबरदारी गर्ने काम हाम्रो हो।’

    थापाले सरकारको कार्यशैलीमाथि आलोचना गर्दै शासकीय अराजकताविरुद्ध आवाज उठाउनुपर्ने बताए । उनले  सानेपामा जारी बैठकमा महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा रहेर पनि नागरिकका मुद्दाहरूमा कडा रूपमा उभिनुपर्ने र सरकारलाई बाटो बिराउन दिन नहुने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार