Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘जिट्को’को लाइसेन्स नविकरण गर्न विभागको ताकेता

‘जिट्को’को लाइसेन्स नविकरण गर्न विभागको ताकेता

बुधवार, श्रावण २ २०८१
  • काठमाडौं । जापान इन्टरनेशनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत सूचीकृत म्यानपावर कम्पनीहरुलाई साउन मसान्तसम्म अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न वैदेशिक रोजगार विभागले ताकेता गरेको छ । विभागले एक सूचना मार्फत साउन महिनाभित्र तोकिएका कागजात र दस्तुरसहित नवीकरणका लागि ताकेता गरेको हो । 

    जिट्कोमा सूचीकृत सबैले साउन मसान्तभित्र नवीकरण गर्नुपर्ने विभागले जनाएको छ । नवीकरणका लागि वैदेशिक रोजगार ऐन तथा नियमावलीका अतिरिक्त नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउनेसम्बन्धी निर्देशिका २०६६ बमोजिम निवेदनसहित नवीकरण दस्तुरबापत १० हजार रुपैयाँ बुझाएको सक्कलै रसिदसहित निवेदन दिनुपर्ने छ । 

    images

    यसका अतिरिक्त कम्पनी रजिस्ट्रारको कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को अध्यावधिक भएको कागजात, अघिल्लो नवीकरण मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७९/०८० को कर चुक्ता प्रमाणपत्र, जिट्कोमार्फत गत आर्थिक वर्ष २०८०/८१ मा कामदार पठाएको विवरण, तथा इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्ने प्रावधान विभागले राखेको छ । 

    हालसम्म २ सय ५० भन्दा बढी म्यानपावर कम्पनी जिट्कोमा सूचीकृत भए पनि संस्थागतरुपमा जापानमा प्रशिक्षार्थी कामदार पठाउन सक्ने अवस्था नभएपछि धेरैजसो म्यानपावरले जिट्कोका नवीकरण गराएका छैनन् । जिट्कोले विभिन्न १६ मुलुकबाट प्रशिक्षार्थी कामदार लैजाने गरेको छ, जसमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, म्यानमार, भियतनाम, चीन लगायतका देशहरु पर्दछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार