Nov 03 2026 | २०८३ कार्तिक १८ गते

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

आइतवार, श्रावण २४ २०८३
  • कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् । आइतबार कपिलवस्तुको गोरुसिंगे जंगल क्षेत्रमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता भएका थिए । सोही दिन उनले आफू बाटो बिराएको भन्दै आफ्ना व्यवसायिक साझेदारसँग सम्पर्क गरेका थिए । प्रहरीका अनुसार, उनले सम्पर्क गरेको क्षेत्र नजिकैबाटै उनको शव फेला परेको हो।

    images

    प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पछि पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र पर्ने जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिने अवस्थामा भेटिएको थियो।

    सिंहको खोजीका लागि प्रहरी टोलीसँगै गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त खोजी कुकुरसमेत परिचालन गरिएको थियो । घटनाको कारण र प्रकृतिबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।सिंह २०७४ सालमा कपिलवस्तु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार