Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो।

    शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।

    images

    चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो।चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ९ सय ८३ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार