Nov 03 2026 | २०८३ कार्तिक १८ गते

ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइँदै

ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइँदै

आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयबिचको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासा तथा सूचना प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएका हुन्। 

    ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि बजारमा अभाव देखाएर उपभोक्तालाई महँगोमा ग्यास बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनमा प्रहरीको सहयोग मागेका थिए।  मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

    images

    सरकारले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीप्रित निगरानी बढाउँदै दोषी भेटिए कानुनअनुसार कारबाही गर्ने तयारी गरेको छ। साथै उपभोक्ताले ग्यास सहज रूपमा पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार