Nov 03 2026 | २०८३ कार्तिक १८ गते

एक वर्षमा ६१ हजार कसुर दर्ता, बैङ्किङ कसुर सबैभन्दा धेरै

एक वर्षमा ६१ हजार कसुर दर्ता, बैङ्किङ कसुर सबैभन्दा धेरै

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । प्रहरी कार्यालयहरूमा पछिल्लो १ वर्षमा ६१ हजार ०१६ वटा कसुर दर्ता भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा ६१ हजार ०१६ अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले सबैभन्दा धेरै मुद्दा बैङ्किङ कसुरसँग सम्बन्धित रहेको बताए।

    सबैभन्दा धेरै कसुर काठमाडौँ उपत्यकामा दर्ता हुने गरेको छ । काठमाडौँ उपत्यकामा १५ हजार २९७ अपराधका घटना दर्ता भएको छ।देशभर बैङ्किङ कसुरसँग सम्बन्धित १२ हजार ९५० वटा जाहेरी दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा बैङ्किङ  कसुरका ६ हजार २२ वटा जाहेरी दर्ता भएका छन् । कर्णाली प्रदेशमा ३५५ वटा बैङ्किङ कसुरका जाहेरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार