Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढ्यो, एक वर्षमा ६१ अर्ब ९० करोड प्रतिवद्धता

वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढ्यो, एक वर्षमा ६१ अर्ब ९० करोड प्रतिवद्धता

मंगलवार, श्रावण १ २०८१
  • काठमाडौँ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता दोब्बरले वृद्धि भएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो आव २०७९÷८० को तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले वृद्धि भएको हो । 

    विभागको तथ्याङ्क अनुसार एक वर्ष अवधिमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । सो क्रममा ४०७ उद्योगले वैदेशिक लगानी भित्र्याउन विभागबाट स्वीकृति लिएका छन्। यो अवधिमा सेयर खरिदबिक्री र पुँजी वृद्धिको लागि ११ अर्ब ६५ करोड रुपैयाँ स्वीकृत भएको छ। 

    images

    सरकारले गत वैशाख १७ गतेबाट अटोमेटिक रुट ९स्वचालित प्रणाली० मा वैदेशिक लगानी गर्नसक्ने व्यवस्था गरेको छ। स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने गरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्नसक्ने व्यवस्था छ।

    अटोमेटिक रुट सञ्चालन आएको अढाई महिनामै १६ अर्ब १९ करोड प्रतिबद्धता आएको छ। १३९ वटा उद्योगले आवेदन दिएका छन्। अटोमेटिक रुटबाट पर्यटन क्षेत्रबाट ६९, सेवा क्षेत्रबाट ३५ र सूचना प्रविधि क्षेत्रबाट २८ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ।

    उत्पादनमूलक उद्योगमा ५, पूर्वाधारमा १ र कृषि र वन पैदावरसम्बन्धी एउटा उद्योगले अटोमेटिक रुटबाट वैदेशिक लगानी स्वीकृत गरेका छन्। 

    आर्थिक वर्ष ०७९८० मा ३८ अर्ब ४० करोड रुपैयाँ नयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। ३२७ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता जनाइएको थियो। उक्त वर्ष सेयर खरिद तथा हस्तान्तरणका लागि १६ अर्ब २४ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार