Nov 03 2026 | २०८३ कार्तिक १८ गते

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ। रुपन्देहीको रोहिणी गाउँपालिकाका स्ववासीले नापी भएको करिब ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

    साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ।

    images

    दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

    लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ।स्थानीय स्ववासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार