Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को आज स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । साउन १४ गते आरोहणका क्रममा हिम पहिरोमा परी निधन भएका गुरुङको शव बिहीबार साँझ कतार एअरवेजको विमानमार्फत नेपाल ल्याइएको हो ।

    गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेलले गुरुङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले पनि पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार