काठमाडौं । काठमाडौं र ललितपुरमा दुई जना मृत फेला परेका छन्।काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी र ललितपुरको महाँकाल गाउँपालिका-६ हुचिटारमा दुई जना मृत फेला परेका हुन्।
प्रहरीका अनुसार माकलबारीस्थित बागमती खोलामा पहिचान खुल्न नसकेकी करिब ३५ वर्षीया महिला शुक्रबार मृत फेला परेकी छिन्।
यसैगरी हुचिटारस्थित बागमती नदी किनारमा पहिचान नखुलेका एक पुरूषको शव बिहीबार फेला परेका छन्।दुवै स्थानका घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



