Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बर्डफ्लु संक्रमण घटेसँगै कुखुराको मासुको मूल्य बढ्यो

बर्डफ्लु संक्रमण घटेसँगै कुखुराको मासुको मूल्य बढ्यो

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । साउनमा लगातार कुखुराको मासुको मूल्य उकालो लागेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज शुक्रबारदेखि लागु हुने गरी फेरि मूल्य बढाइएको हो।

    यसअघि प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य १० रुपैयाँले बढाएर २ सय ४० पुर्‍याइएको छ।यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको संघले बताएको छ । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय १५ रुपैयाँ थियो।

    images

    पशुसेवा विभागले १ साउनदेखि बर्डफ्लुको संक्रमण नदेखिएको बताएको छ। बर्डफ्लु संक्रमण हटेसँगै कुखुरा मासुको मूल्य बढ्न थालेको हो। व्यापारीहरूले रोगका कारण धेरै कुखुरा मरेको र यसले उत्पादन घटेको भन्दै मूल्य बढाइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार