Nov 03 2026 | २०८३ कार्तिक १८ गते

‘नो अदर ल्यान्ड’का सहनिर्माताको हत्या आरोपमा इजरायलीमाथि अभियोग दर्ता

‘नो अदर ल्यान्ड’का सहनिर्माताको हत्या आरोपमा इजरायलीमाथि अभियोग दर्ता

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । इजरायलले कब्जामा रहेको वेस्ट बैंकमा प्यालेस्टिनी अभियन्ता ओदेह हथालिनको हत्या गरेको आरोपमा एक इजरायली बस्तीका बासिन्दाविरुद्ध अभियोग दर्ता गरेको छ।हथालिन सन् २०२५ मा उत्कृष्ट वृत्तचित्रतर्फ ओस्कार जितेको ‘नो अदर ल्यान्ड’ फिल्मका सहनिर्माता समेत थिए।

    इजरायलको दक्षिणी जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार यिनोन लेवीविरुद्ध सन् २०२५ जुलाईमा हथालिनको मृत्यु भएको घटनालाई गैरजिम्मेबारपूर्ण हत्याको अभियोग लगाइएको हो । घटनाका क्रममा लेवीले प्यालेस्टिनी गाउँ उम्म अल–खैरमा उत्खनन गर्ने मेसिन चलाएका बस्तीका मानिसहरूसँग विवाद भएपछि बन्दुक चलाएको अभियोगपत्रमा उल्लेख छ।

    images

    अभियोगपत्रअनुसार लेवीले बन्दुकमा गोली भरेर स्थानीय बासिन्दातर्फ गोली चलाउँदा हथालिनलाई गोली लागेको थियो। त्यसपछि उनले हावामा अर्को गोली चलाएको अभियोजकहरूले बताएका छन्।

    प्यालेस्टिनी अधिकारवादी संस्था बिट्सेलेमका अनुसार अक्टोबर ७, २०२३ पछि वेस्ट बैंकमा प्यालेस्टिनीको हत्या गरेको आरोपमा कुनै इजरायलीविरुद्ध अभियोग लगाइएको यो पहिलो घटना हो । संस्थाले यसलाई ‘अपवाद’ भन्दै प्यालेस्टिनीविरुद्ध हिंसा गर्ने इजरायली सैनिक र बस्तीका बासिन्दालाई सामान्यतया दण्डहीनता दिइने गरेको आरोप लगाएको छ।

    हथालिन शिक्षक तथा तीन सन्तानका पिता थिए । उनी वेस्ट बैंकमा बस्ती विस्तार र हिंसाविरुद्ध सक्रिय अभियन्ताका रूपमा परिचित थिए । उनी ‘नो अदर ल्यान्ड’ फिल्ममा पनि देखिएका छन् । उक्त फिल्मले वेस्ट बैंकको मासाफेर यट्टा क्षेत्रमा रहेका प्यालेस्टिनी गाउँ हटाउने इजरायली प्रयास र त्यसविरुद्धको संघर्षलाई चित्रण गर्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार