Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कंगोले तामा र कोबाल्ट कन्सन्ट्रेट निर्यातमा लगायो प्रतिबन्ध

कंगोले तामा र कोबाल्ट कन्सन्ट्रेट निर्यातमा लगायो प्रतिबन्ध

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)ले तामा र कोबाल्ट कन्सन्ट्रेटको निर्यातमा तत्काल प्रभाव हुने गरी प्रतिबन्ध लगाएको छ । सरकारले खानीबाट प्राप्त हुने खनिजको प्रशोधन स्वदेशमै गराउने र त्यसबाट बढी आर्थिक लाभ लिन नयाँ नीति लागू गरेको हो । कङ्गो विश्वकै सबैभन्दा ठूलो कोबाल्ट तथा दोस्रो ठूलो तामा उत्पादक देश हो।

    सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब कंगोबाट तामा र कोबाल्ट कन्सन्ट्रेट विदेश निर्यात गर्न पाइने छैन । यो निर्णय खानी क्षेत्रबाट देशले पाउने आम्दानी बढाउने र कच्चा खनिज निर्यातको सट्टा मूल्य अभिवृद्धि भएका उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने रणनीतिको हिस्सा मानिएको छ।

    images

    जुन २९ मा हस्ताक्षर गरिएको सरकारी आदेशमा खानी मन्त्री लुइस कबाम्बा वाटुम, वैदेशिक व्यापार मन्त्री जुलियन पालुकु काहोङ्या तथा अर्थमन्त्री ड्यानियल मुकोको साम्बाले हस्ताक्षर गरेका छन् । ‘तामा र कोबाल्ट कन्सन्ट्रेटको निर्यात प्रतिबन्धित गरिएको छ,’ आदेशमा स्पष्ट रूपमा भनिएको छ । यो प्रतिबन्ध आदेश सार्वजनिक भएसँगै तत्काल लागू भएको छ।

    सरकारले केही विशेष रणनीतिक परिस्थितिमा भने निर्यातका लागि छुट दिने व्यवस्था पनि राखेको छ । आदेशअनुसार खानी मन्त्रीले आवश्यक ठानेमा एक वर्षसम्मका लागि विशेष अनुमति दिएर केही कम्पनीलाई निर्यात गर्न अनुमति दिन सक्नेछन् । यद्यपि यस्तो छुट केवल राष्ट्रिय हित वा विशेष रणनीतिक आवश्यकताका आधारमा मात्र दिइने उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार